काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लामजुरापासको चिहानडाँडामा दुर्घटना भएको हो। प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन।
हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ।