काठमाडौँ– मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा एक बालिकाले ओलीको हातबाट माइक खोसेकी छन। नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला बालिका एकाएक मञ्चमा पुगेर ओलीको हातबाट माइक खोसेकी हुन्।
ती बच्चा मञ्चमा पुगेपछि ओलीले बोल्न रोकेर उनीतर्फ हात फैला। ती बालिकालाई तानेर आफू छेवैमा राखेका ओलीले बोल्दै गरेको माइक खोसिन् र बोल्न थालिन्। बालिकाले माइक समातेर केहीबेर ‘फु.फु.’गरिन्।
बालिकाले माइकमा बोलेको भने बुझिएन। बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए। ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन। करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो।
मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्क । अनि ओली पुन बोल्न थाले। भने, ‘नातिनीले नेता हुने छाँट देखाइन्।