काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड ले भ्रष्टाचारविरुद्धको अभियानको जरोसम्मै पुग्ने बताएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताएका हुन्। यो अभियान जरोसम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको पनि साथ चाहिने बताए।
प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए। उक्त भेटमा अन्य विषयमा कुराकानी भएको उनको भनाइ छ।