काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको दिनुपर्नै बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकाम उनले प्रधानमन्त्रीमा नैतिकता भए राजीनामा दिनुपर्ने माग गरेका हुन्।
उनले भने,‘तपाईंमा नैतिकता भन्ने चिज अलिकति भए राजीनामा दिनुपर्छ।’
उनले घरीघरी ३ दल, ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे आफुहरुका लागि मान्य नहुने समेत बताए।
उनले आफुहरु कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार नभएको समेत उल्लेख गरे।
उनले भने,‘घरीघरी ३ दल, ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न। कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन।’