काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन्। संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन्।
‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए। मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन’ प्रचण्डले प्रश्न गर्दै भने,‘के यहीँ हो संसदीय अभ्यास? प्रतिपक्षलाई हक छ म मान्छु। उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ। राजेन्द्र लिङदेनले भन्या जस्तो नैतिकताको प्रश्न उठाउन पाइन्छ। राजीनामा दिनुपर्छ भन्नपनि सकिन्छ।’
संसदीय अभ्यास र पद्यती कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसँग थाहा भएको प्रचण्डले बताए। ‘संसदमा उभिएर यर्थात के हो? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन? किन ३ दिनसम्म संसद् अवरुद्ध गरियो? मैले बुझ्न सकेको छैन’प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो?यहीँ हो लोकतान्त्रिक परम्परा र विधि? प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो? यी मेरा प्रश्न हुन।