काठमाडौं– प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीबाट तीन दिनसम्म संसद् अवरोध किन गरियो भन्ने बुझ्न नसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई व्याख्या, विश्लेषण दिने अवसर नै नदिई राजीनामा मागिएको भन्दै उनले आपत्ति जनाए।
आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए। ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ। म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो?’, प्रचण्डले भने, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने?
तीन दिनसम्म किन संसद् अवरोध गरियो, मैले बुझ्न सकेको छैन,” प्रधानमन्त्रीले भने।
उनले प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो र भन्दै प्रश्न गरे। एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेको थियो।