प्रधानमन्त्रीलाई एमालेका गोकुल बास्कोटको प्रश्न: तपाईँले भारतको झन्डा उचाल्ने कि नेपालको? - Chaitanya News
  • 2026-11-16
  • 14:54:45
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्रीलाई एमालेका गोकुल बास्कोटको प्रश्न: तपाईँले भारतको झन्डा उचाल्ने कि नेपालको?

    प्रधानमन्त्रीलाई एमालेका गोकुल बास्कोटको प्रश्न: तपाईँले भारतको झन्डा उचाल्ने कि नेपालको?

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका गोकुल बास्कोटाले भारतको झन्डा उचाल्ने कि नेपालको भन्दै प्रश्न गरेका छन्।

    सोमबार संसदमा बैठक एमाले सांसद गोकुल बास्कोटले भने,प्रधानमन्त्रीज्यु, तपाईँले तिरंगा झन्डा उचाल्ने हो कि चन्द्र सूर्य उचाल्ने हो? २ करोड ९१ लाख जनालाई हाम्रो प्रधानमन्त्री हामीले बनाएका हौं भन्ने विश्वास दिलाउनपर्‍यो।

    उनले एमाले कांग्रेस रहे पनि नरहे पनि यो देश र यो देशको सार्वभौमसत्ता रहनुपर्ने उनको भनाइ छ। उनले प्रधानमन्त्रीले परिवर्तनका लागि विभिन्न ४० बुँदे माग राखेर आन्दोलन गरे पनि अहिले त्यही ट्रक चढेको आरोप लगाए। उनले भारतलाई कठपुतली भनेर आरोप लगाए पनि अहिले कम्फर्टेवल भएको आरोप लगाए।

    उनले सत्ता पक्षले प्रतिपक्षप्रति हिलो छ्याप्ने काम गरेको बताए। आफ्ना सचिवालयमार्फत् उनले हिलो छ्यापेको बास्कोटाको आरोप छ। प्रधानमन्त्रीज्युले आफ्नो सचिवालयमार्फत् मटिरब्याजबारे भ्रम छर्नुभयो। ९७ दिन वितिसकेको भन्दै यसअघि किन मिटरब्याजसम्बन्धी अध्यादेशमाथि छलफल गराइन,उनले भने।