प्रतिनिधिसभा बैठक सुरु - Chaitanya News
  • 2026-11-16
  • 14:56:25
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौँ– प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो।

    तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ।

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिएका छन्।