सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको रोहित पौडेलको गुनासो - Chaitanya News
  • 2026-06-06
  • 17:25:22
  • शनिबार,जेठ २३, २०८३
  • सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको रोहित पौडेलको गुनासो

    सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको रोहित पौडेलको गुनासो

    काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको बताएका छन्।

    उनले पत्रकारहरुसँग कुराकानी गर्दै पुरस्कार तोकिए पनि नपाउँदा नैराश्यता बढेको बताए।

    ‘पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं, मन्त्रीज्यूसँग कुरा भएको छ। सायद छिट्टै हुन्छ होला,’ पौडेलले भने।

    नेपालले लिग २ सिरिज जित्ने खेलाडीलाई जनही २ लाख तथा एसीसी प्रिमियर कप उपाधि जितेका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

    तर त्यो पुरस्कार रकम नपाएको खेलाडीको गुनासो छ। सबै खेलाडी आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ छ। रोहितले फुटबल खेलाडी पलायन भएको सन्दर्भ निकाल्दै भने ‘जसरी फुटबलमा खेलाडी पलायन भइरहेको छ। त्यो अवस्था क्रिकेटमा नआओस्।

    पुरस्कार र सम्मानले खेलाडीको हौसला बढ्छ। खेलाडीको हौसला बढाउनकै लागि प्रशिक्षक मोन्टी देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागेका गरेका छन्। यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्ने देसाईले बताए।

    ‘उनीहरुले सक्ने उनीहरुले गरिरहेका छन्। मैले सक्ने ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागु गरिरहेको छु,’ देसाईले भने, ‘हामी खेललाई माया गछौं। यो कुरालाई निरन्तर लगिरहन सबैपक्षबाट सहयोग हुनुपर्छ।’