काठमडौं– नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीसँगको छलफल सकिएलगत्तै एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्न लागेको हो।
नेतृ सुनिता बरालका अनुसार संसद्को अवरोधबारे पार्टीको थप रणनीति बनाउन संसदीय दलको बैठक बस्न लागेको हो। केहीबेर अघि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद्का दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ। प्रतिनिधिसभाको बैठक आज ३ बजे बोलाइएको छ।