नेकपा एमाले संसदको अवरोध खुलाउन तयार, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने - Chaitanya News
  • 2026-11-16
  • 14:54:34
  • सोमबार,मंसिर ०१, २०८३
  • नेकपा एमाले संसदको अवरोध खुलाउन तयार, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

    नेकपा एमाले संसदको अवरोध खुलाउन तयार, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं– नेकपा एमाले संसदको अवरोध खुलाउन तयार भएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा एमाले अवरोध खुलाउन तयार भएको नेताहरुले बताएका छन्।

    बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए।

    सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ।

    संसद बैठक अघि एमालेको संसदीय दलको बैठक पनि संसद भवनमै बस्दै छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ।