सिंहदरबारमा ३ नेताबीचको बैठक सकियो, केपी ओलीले भने : पार्लियामेन्टमा थाहा हुन्छ - Chaitanya News
  • 2026-11-16
  • 14:52:14
  • सोमबार,मंसिर ०१, २०८३
  • सिंहदरबारमा ३ नेताबीचको बैठक सकियो, केपी ओलीले भने : पार्लियामेन्टमा थाहा हुन्छ

    सिंहदरबारमा ३ नेताबीचको बैठक सकियो, केपी ओलीले भने : पार्लियामेन्टमा थाहा हुन्छ

    काठमाडौं– सिंहदरबारमा संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको बैठक सकिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो।

    बैठकमा के भयो भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ।’ प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ।