महानगर बनाउने जिम्मेवारी हरेक महानगरवासीको हो : नागेश कोइरालाल - Chaitanya News
  • 2026-11-16
  • 14:52:09
  • सोमबार,मंसिर ०१, २०८३
  • महानगर बनाउने जिम्मेवारी हरेक महानगरवासीको हो : नागेश कोइरालाल

    महानगर बनाउने जिम्मेवारी हरेक महानगरवासीको हो : नागेश कोइरालाल

    मोरङ – विराटनगर महानगर प्रमुख नागेश कोइरालाले महानगर बनाउन सबै स्थानीय जागरुक हुनुपर्ने बताएका छन्।
    विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर ब्यवस्थापन समितिको एकतले भवन आइतबार उद्घाटन गर्दै मेयर कोइरालाले महानगर बनाउने जिम्मेवारी हरेक महानगरवासीको भएको बताए।

    कार्यक्रममा मेयर कोइरालाले हरेक महानगरवासीको साथ–सहयोगले मात्रै विराटनगरलाई भावी पुस्ताले गर्व गर्नलायक बनाउन सकिने बताए। उनले ‘आफ्नो घरअगाडि सफा राख्ने, समयमा कर तिर्ने, निर्माणका काममा कतै कमी–कमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो। मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो। म अहिले मेयर छु। म पनि यहींको बासिन्दा हुँ।’
    महानगरमा सीमित स्रोत–साधनका कारण अपेक्षाअनुसार काम हुन नसकेको उनले बताए।