तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् छ : पदम गिरी - Chaitanya News
  • 2026-11-16
  • 14:51:39
  • सोमबार,मंसिर ०१, २०८३
  • तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् छ : पदम गिरी

    तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् छ : पदम गिरी

    काठमाडौँ– नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ।

    एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको प्रष्टयाएका हुन् ।

    आइतबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटकपटक दोहो¥याए।

    प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे। नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुरिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाई थियो।

    प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षणनै राजीनामा दिई सकेको हुने जिकिर समेत गरे।

    प्रमुख सचेतक गिरीले सरकारले मिटरब्याँज पीडितहरुको समस्या सम्बोधन गराउनका लागि संसदमा मिटरब्याज सम्बन्धी विधेयक संसदमा नल्याएको दाबी समेत गरे।