भ्रष्टाचार नियन्त्रण एमालेले रोकेको होइन : नेता बास्कोटा - Chaitanya News
  • 2026-11-16
  • 14:42:21
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रष्टाचार नियन्त्रण एमालेले रोकेको होइन : नेता बास्कोटा

    भ्रष्टाचार नियन्त्रण एमालेले रोकेको होइन : नेता बास्कोटा

    काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजिएको आरोप लगाएका छन्।

    आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले नरोकेको जिकिर गरे। उनले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको पनि बताए। यसबाट नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ।

    उनले मिटरब्याज समस्या समाधानका लागि सरकारले ढिलागरी सदनमा विधेयक ल्याएका कारण समस्या भएको र यसमा पनि एमालेलाई मुछ्नुपर्ने कुनै कारण नरहेको बताए।