प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले पाँच–पाँच महिनामा राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा - Chaitanya News
  • 2026-11-16
  • 14:42:21
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले पाँच–पाँच महिनामा राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा

    प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले पाँच–पाँच महिनामा राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन्।

    आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका हुन।

    उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताए। त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए।

    उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच–पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए। महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए।

    उनले भने, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन। प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो। सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ। बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन। त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच÷पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी राजीनामा माग्ने काम पनि नेकपा (एमाले)बाट बेठिक भएको हो।’