एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुनुसकेन : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 14:41:58
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुनुसकेन : अध्यक्ष ओली

    एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुनुसकेन : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामा आएपछि मात्रै संसद‍्को अवरोध हट्ने बताएका छन। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन्।

    ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको बताए।

    दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित रास्वा र राप्रपाले राजीनामा माग गरेपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको बताएको थियो। सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् रहेको विज्ञप्तिमा उल्लेख थियो।

    ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे। यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो।