नयाँ ऐन अनुसार कैलालीमा ४४ जनाले गरे नागरिकता प्राप्त - Chaitanya News
  • 2026-11-18
  • 14:22:06
  • बुधबार,मंसिर ०३, २०८३
  • नयाँ ऐन अनुसार कैलालीमा ४४ जनाले गरे नागरिकता प्राप्त

    नयाँ ऐन अनुसार कैलालीमा ४४ जनाले गरे नागरिकता प्राप्त

    धनगढी– कैलालीमा ४४ जनाले नयाँ ऐन अनुसा नागरिकता लिए गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुवा आमाले जन्मको आधारमा लिएको नागरिकताको आधारमा तिनका सन्तानले नागरिकता लिएका हुन्।

    जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सुखडबाट १ जना महिला, टीकापुरबाट ४ जना महिला र १० पुरुष र धनगढीबाट ९ जना महिला र २० जना पुरुष गरी ४४ जनाले नागरिकता प्राप्त गरेका हुन्।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार नागरिकता वितरण भइरहेको हो।

    नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो। गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।