काठमाडौं- यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो।
गत साताको शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो। जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ। यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ।
यो साता आइतबार नै सुनको मूल्य बढेको थियो। यस्तै, सोमबार सामान्य घटेको सुनको मूल्य पुनः मंगलबार बढेको थियो। यसैगरी, बुधबार, बिहीबार र शुक्रबार समेत बढेको थियो। यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ। गत साताको शुक्रबारको तुलनामा यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। गत साता प्रतितोला चाँदीको मूल्य १३६० रुपैयाँ थियो। जुन, यो साताको शुक्रबार १३७५ रुपैयाँ कायम भएको छ।