रघुजी पन्तले भने : प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद् चल्दैन - Chaitanya News
  • 2026-11-16
  • 14:42:13
  • सोमबार,मंसिर ०१, २०८३
  • रघुजी पन्तले भने : प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद् चल्दैन

    रघुजी पन्तले भने : प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद् चल्दैन

    काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नसक्नेबताएका छन्। आज (शुक्रबार) संसद भवन अगाडी सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्उ नचल्ने बताएका हुन्।

    उनले प्रधानमन्त्रीले बोलेको कुराको स्पष्टीकरण दिनुको कुनै अर्थ नरहेकाले नैतिकताका आधारमा नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन्।

    प्रधानमन्त्रीको अभिव्यक्ति देश र जनताको भावना विपरीत भएको उनले बताए।