साताको अन्तीम दिन सेयर बजार १०१ अंकले घट्यो, साढे १७ अर्बको कारोबार - Chaitanya News
  • 2026-05-26
  • 05:16:39
  • सोमबार,जेठ ११, २०८३
  • साताको अन्तीम दिन सेयर बजार १०१ अंकले घट्यो, साढे १७ अर्बको कारोबार

    साताको अन्तीम दिन सेयर बजार १०१ अंकले घट्यो, साढे १७ अर्बको कारोबार

    काठमाडौँ– साताको अन्तीम दिन  सेयर बजार १०१ अंकले घटेको छ। वर्ष भरीको हिसाबकिताब लगानीकर्ताहरु अकाउण्ट क्लोजिङ्गमा लाग्दै गर्दा सेयर बजारले ओरालो यात्रा तय गरेको हो।

    अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो। तर, यो साताको पहिलो कारोबार दिननै ५३ अंकमाथिले नेप्से सूचक घटेर शुरुवात गरेकोमा अन्तिम दिनसम्ममा कूल १०१ अंकले घट्दै नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा झरेको छ।

    यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको थियो। तर, एक दिन मंगलबार (असार १९ गते) बाहेक बाँकी चारै दिन नेप्से सूचक ऋणात्मक भएको छ।

    सेयर बजारमा एक सय अंकमाथिको गिरावट आएसँगै यो साता यता कारोबार रकममा पनि ठूलो गिरावट आएको छ। अघिल्लो हप्ता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा यो साता घटेर १७ अर्ब ५१ करोड ५७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो साताको तुलनामा यो साता ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँले कारोबार घटेको हो।

    यस्तै यो साता धितोपत्र बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत १ खर्ब ४१ अर्ब माथिले घट्न पुगेको छ। अघिल्लो साता ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबर पुगेको मार्केट क्यापिटलाइजेशन यो साता घटेर ३० खर्ब ८ अर्ब ७२ करोड १० लाख रुपैयाँमा झरेको हो।