पूर्ण सदस्य राष्ट्रहरूसँग नियमित खेल्न पाए उनिहरुलाई पनि हराउँछौं : कप्तान पौडेल - Chaitanya News
  • 2026-06-06
  • 17:26:18
  • शनिबार,जेठ २३, २०८३
  • पूर्ण सदस्य राष्ट्रहरूसँग नियमित खेल्न पाए उनिहरुलाई पनि हराउँछौं : कप्तान पौडेल

    पूर्ण सदस्य राष्ट्रहरूसँग नियमित खेल्न पाए उनिहरुलाई पनि हराउँछौं : कप्तान पौडेल

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले पूर्ण सदस्य राष्ट्रहरूसँग नियमित खेल खेल्न पाए उनीहरूलाई हराउन सकिने बताएका छन्।

    जिम्बावेका भएको विश्वकप छनोट खेलेर नेपाल पुगेर सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले फुल मेम्बर टिमुैग नियमित खेल खेल्न पाए उनिहरुलाइ पराजित गर्ने बताए। टेस्ट राष्ट्रहरूसँग नेपालको टिमले प्रतिस्पर्धात्मक खेल खेलेकोसमेत उनको दाबी छ।

    ‘अनुभवका कारण फुल मेम्बर टिमले राम्रो गरे। उनीहरूसँग खेल्दा ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो हुुनपर्थ्यो। तर, कहिले ब्याटिङ, कहिले बलिङ त कहिले फिल्डिङमा हाम्रो समस्या भयो,’ पौडेलले भने, ‘फुल मेम्बर राष्ट्रसँग रेगुलर खेल्न पाएको खण्डमा आगमी दिनमा हामीले पनि उनीहरूलाई पराजित गर्छौँ।’

    जिम्बावेमा आफूहरूले धेरै कुरा सिक्न पाएको बताउँदै कप्तान पौडेलले टिमको खेल राम्रो भए पनि आफ्नै प्रस्तुतिबाट भने सन्तुष्ट नरहेको बताए।

    ‘जिम्बावेमा हामीले धेरै कुरा सिक्न पायौं, आउने खेलहरूमा त्यहाँबाट सिकेका कुरालाई एप्लाइ गर्छौँ,’ उनले थपे, ‘आफ्नो प्रस्तुतिबाट म आफैँ सन्तुष्ट छैन। मैले जुन हिसाबले खेल्नुपर्ने थियो, त्यो सकिन। तर टिमको हिसाबले हामीले एकदमै राम्रो गरेका छौँ।’

    नेदरल्यान्ड्सले वेस्ट इन्डिजजस्तो पूर्ण सदस्य राष्ट्रलाई हराउँदा आफूहरूलाई पनि आाशा पलाएको उनले बताए।

    ‘क्रिकेटमा जे पनि हुनसक्छ। नेदरल्यान्ड्सले टेस्ट नेसनलाई बिट गरेर विश्वकपमा क्वालिफाइ हुँदा त्यसले हामीलाईसमेत नयाँ आशा जगाएको छ’, उनले भने।

    विश्वकप छनोट खेलमा समूह ‘ए’ मा रहेको नेपालले अमेरिकालाई मात्र पराजित गरेको थियो।

    जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित नेपालले सातौं स्थानको लागि भएको क्वालिफायरमा युएईलाई पराजित गरेको थियो। यद्यपि आयरल्यान्डसँग पराजित भएर आठौं बन्न पुग्यो।