काठमाडौं– श्रीलंकामा हुन गइरहेको एसीसी इमर्जिङ टिम्स कपमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सहभागी नहुने भएका छन्।
क्यानडामा आयोजना हुने व्यवसायिक क्रिकेट प्रतियोगिता ग्लोबल टी–२० मा सहभागी हुन लागेका सन्दीप र दीपेन्द्रले राष्ट्रिय टोली खेल्ने प्रतियोगिता नदेल्ने भएका हुन्।
एसीसी इमर्जिङ टिम्स कपमा नेपालको समूहमा भारत ए, पाकिस्तान ए र यूएई छन्। अर्को समूहमा अफगानिस्तान ए, बंगलादेश ए, श्रीलंका ए र ओमान रहेका छन्।
नेपालले पहिलो खेल जुलाई १७ मा पाकिस्तानसँग खेल्नेछ। नेपाली क्रिकेट टीम विश्वकप छनोट खेलेर शुक्रबार स्वदेश फर्किएको छ। इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा हुन बाँकी छ।