शाखा अधिकृत लिखित परीक्षा लेखन सीप - Chaitanya News
  • 2026-05-23
  • 04:00:10
  • शुक्रबार,जेठ ०८, २०८३
  • शाखा अधिकृत लिखित परीक्षा लेखन सीप

    शाखा अधिकृत लिखित परीक्षा लेखन सीप

    उत्तर लेखनका ३ चरण

    १. बुझाईः प्रश्नलाई बुझ्ने
    २. योजनाः उत्तरको खाका बनाउने
    ३. लेखनः उत्तर प्रस्तुत गर्ने वा लेख्ने

    १. प्रश्न बुझ्ने

    • प्रश्नलाई दोहोर्र्याएर पढी देहायका विषय पत्ता लागाउनेः
    • विषयवस्तु
    • सन्दर्भ
    • जोड, मागेको विषय
    • प्रश्नका खण्ड र अङ्कभार तथा त्यस अनुसारका मुख्य शब्दावली

    उदाहरणः

    १. कर्मचारीतन्त्रका विशिष्ट गुणहरू उल्लेख गर्दै सुशासनका लागि कर्मचारीतन्त्रको आदर्शतम् नमूनाको सान्दर्भिकताबारे चर्चा गर्नुहोस्। १०

    २. गुणस्तरीय सार्वजनिक सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न रहेका चुनौती तथा समस्याहरू पहिचान गरी सुधारका लागि सुझाव दिनुहोस्। १०

    ३. गरिबी न्यूनीकरण र मानव विकासमा रोजगारीको भूमिकाबारे आफ्नो राय प्रस्तुत गर्नुहोस्। १०

    ४. नेपालको डेढ दशक लामो अवधिको अनुभवका आधारमा समानुपातिक प्रतिनिधित्व प्रणालीका सबल एवं दुर्बल पक्षमाथि प्रकाश पार्दै यसमा गर्नुपर्ने सुधारहरू उल्लेख गर्नुहोस्। १०

    २. उत्तरको खाका

    प्रश्न नं १ को उत्तर
    कर्मचारीतन्त्रका विशिष्ट गुण
    …………………………………..
    …………………………………..
    …………………………………..।

    सुशासनमा कर्मचारीतन्त्रको सान्दर्भिकता
    …………………………………..
    …………………………………..
    …………………………………..।

    निष्कर्ष
    …………………………………..
    …………………………………..
    …………………………………..।

    ३. प्रस्तुतीकरण

    • माथि तयार पारेको योजना वा खाकामा रहेर मात्र लेख्ने।
    • समयलाई ध्यान दिने।
    • अनुच्छेद र बुँदाको उचित सन्तुलन कायम गर्ने।मागेको उत्तर बुँदामा लेख्ने तर त्यसमा प्रवेश गर्नका लागि पृष्ठभमि तयार गर्न थोरै २० देखि ३० शब्द अनुच्छेदमा लेख्ने। यसमा आवश्यकता अनुसार परिभाषा वा तथ्यांकको सामान्य विश्लेषण वा विषयवस्तुको पुनरसम्बोधन गर्ने सकिन्छ।
    • भाषामा सरलता, प्रत्यक्षपनमा जोड दिने।संयुक्त वाक्य, योजक, घुमाउरो अभिव्यक्ति, जार्गन प्रयोग नगर्ने।
      तीन देखि चार लाइन नबढ्ने गरी दुई वाक्यमा निश्कर्ष लेख्ने। पहिलो वाक्यमा उत्तरको भाव वा सार खिच्ने र दोस्रो वाक्यमा समष्टिगत रुपमा आगामि कदमबारे सुझाव दिने।
    • कापीमा कुनै किसिमको संकेत नगर्ने। दुबै पानामा समान रुपले पुरा पाना लेख्ने।
    • प्राविधिक पक्षमा ध्यान दिनेः कापी फोल्डिङ्, अनुच्छेद, लाइनहरू र अक्षरहरूबीचको स्पेस, सुद्धासुद्धि, माध्यम भाषा, पेनको छनौट र प्रयोग आदि।

    नमूना उत्तर

    १. सार्वजनिक सेवाका विशेषता केलाउँदै नेपालमा सार्वजनिक सेवा प्रबाहका माध्ययमहरू उल्लेख गर्नुहोस्।१०

    प्रश्न नं. १ को उत्तर

    सार्वजनिक सेवाका विशेषता

    सरकारले आम नागरिकका लागि स्वयंले वा निजी तथा गैरसरकारी क्षेत्रमार्फत उत्पादन र वितरणको प्रबन्ध गरेका सबै सेवाहरू सार्वजनिक सेवा हुन्।सार्वजनिक सेवाका देहायका विशिष्ट विशेषताहरू हुन्छनः

    • कानूनद्वारा परिभाषित
    • सरकारी कोषबाट खर्च व्यहोरिने
    • राजनीतिक रुपमा परिभाषित लक्ष्य
    • एकाधिकारी प्रकृति
    • Public goods nature
    • प्रवाहमा वारम्बारिकता
    • सार्वजनिक उत्तरदायित्त्व
    • Both positive and negative externalities
    • सबैका लागि समान पहुँच तर फरक अवस्थाकालाई फरक व्यवहार।

    नमूना उत्तर

    नेपालमा सार्वजनिक सेवा प्रबाहका माध्यमहरू

    नेपालमा सार्वजनिक सेवा प्रवाहको प्रबन्ध गर्न संघ प्रदेश र स्थानीय तहमा सरकारी निजी तथा गैरसरकारी क्षेत्रमा देहाय अनुसारका माध्यमहरू क्रियशिल छन्:

    सरकारी माध्यमः संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरू

    अर्धसरकारी संस्थाहरू वा एजेन्सीहरू

    ख. निजी क्षेत्रः निजी कर्पारेशन तथा व्यवसायिक एवं व्यापारिक संस्था तथा कम्पनीहरू
    ग. सहकारी संस्थाहरू
    घ. गैरसरकारी क्षेत्रः नागरिक संस्था, मिडिया, विभन्न च्यारिटि संस्थाहरू, गैरसरकारी संगठनहरू
    ङ. सामुदायमा आधारित संघ संस्थाहरूः सामुदायिक, सामाजिक तथा साँस्कृतिक र उपभोक्ता व्यवस्थापन सँग सम्बन्धित संस्थाहरू
    च. सार्वजनिक निजी साझेदारी संस्थाः सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा संचालित संस्थाहरू

    नमूना उत्तर

    निष्कर्ष

    सार्वजनिक सेवा प्रवाहमा जनगुनासो नरहने गरी सुधार गर्न निर्धारित गुणस्तरको सेवामा सबैको समान र सहज पहुँच सुनिश्चत गरिनु पर्छ। यसका लागि मुलतः स्थानीय तहको भूमिका र क्षमता सुदृढ गर्नु जरुरी छ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100