एसईईमा २२ हजारले ल्याए ३.६ देखि ४ जीपीए - Chaitanya News
  • 2026-05-02
  • 17:23:45
  • शनिबार,बैशाख १९, २०८३
  • एसईईमा २२ हजारले ल्याए ३.६ देखि ४ जीपीए

    एसईईमा २२ हजारले ल्याए ३.६ देखि ४ जीपीए

    काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ।

    बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पत्रकार सम्मेलन गर्दै परीक्षाफल सार्वजनिक गरिएको हो।

    बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ अर्थात २.९ प्रतिशत छ।

    त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ र २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना छन्।

    सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या १ लाख २ हजार २९३ छ।

    यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए।

    यो पनि पढ्नुहोस्,

    एसईईको नतिजा सार्वजनिक

    एसइईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा