बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पौडेल पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 13:50:33
  • बुधबार,मंसिर ०३, २०८३
  • बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पौडेल पक्राउ

    बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पौडेल पक्राउ

    काठमाडौं– बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ परेका छन्।

    काठमाडौं प्रहरी परिसरअन्तर्गतको महिला सेलले दाङका दामोदर पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता सिताराम रिजालले जानकारी दिए।

    ‘बलात्कारको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिइएको हो’, रिजालले भने। आफूलाई विवाह गर्ने प्रलोभन देखाएर पौडेलले बलात्कार गरेको पिडितको दाबी छ। विवाह गर्न आलटाल गरेपछि पिडित प्रहरीकहाँ पुगेकी हुन्।