काठमाडौँ– २०७९ को एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। बोर्डले बिहीबार नतिजा सार्वजनिक गर्दै ४३१ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै २९० जनाको स्थगित भएको बताएको हो।
गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएका छन्। जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको बोर्डले जनाएको छ। अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए।