गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु, एक जना गम्भीर घाइते - Chaitanya News
  • 2026-11-18
  • 13:50:28
  • बुधबार,मंसिर ०३, २०८३
  • गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु, एक जना गम्भीर घाइते

    गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु, एक जना गम्भीर घाइते

    दाङ– दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ। मृत्यु भएका दुवैजनाको सनाखत भैकेको प्रहरीले जनाएको छ।

    रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीय बालराम डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल डाँगीको मृत्यु भएको सल्यान प्रहरीले पुष्टि गरेको छ। सोही घटनामा सल्यान छनेत्री गाउँपालिका (६ लान्तीका ३४ वर्षीय महेन्द्र ओली गम्भीर घाइते भएका छन्।

    राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका( ३ चोरखोलामा रा १ ख ८३४ नम्बरको गुडिरहेको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेको थियो।

    १८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।