आजा(बिहीबार) सेयर बजार स्थिर - Chaitanya News
  • 2026-05-26
  • 05:17:00
  • सोमबार,जेठ ११, २०८३
  • आजा(बिहीबार) सेयर बजार स्थिर

    आजा(बिहीबार) सेयर बजार स्थिर

    काठमाडौं– आजा (बिहीबार) सेयर बजार स्थिर देखिएको छ। दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो।

    कारोबार खुलेको सुरुवाति समयमा केही वृद्धि देखिएको सेयर बजार दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि उचारचढाव देखिएको थियो। अन्तिममा सामान्य गिरावट भएर बन्द भएको हो। ‘इन्ट्रा–डे’ कारोबारमा २०३३.४३ अको विन्दुसम्म झरेको थियो भने २०६४.५७ को उच्च बिन्दु कायम गरेको थियो।

    विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जिवन बीमा र उत्पादनमुलक उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङसहित लघुवित्त उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन।

    नेप्सेमा उतारचढावबीच ३ अर्ब माथिको कारोबार भएको छ। ६९ हजार ६५५ वटा कारोबारमा ९७ लाख ५१ हजार ९८५ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७ करोड ७५ लाख रुपैयाँको किनबेच भएको हो।

    आज शिवम् सिमेन्टको सर्वाधिक १८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर १६ करोड ९८ लाखको कारोबार भएको छ। प्रतिकित्ता १०० रुपैयाँमा बैंकको १६ लाख ९७ हजार ५२६ कित्ता सेयर किनबेच भएको हो।

    यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    बिहीबार सेयर बजारमाकुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट भएको छ। त्यस्तै ९० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ।