चैतन्य पाठशाला तेक्वान्दो डोजाङको प्रथम वार्षिकोत्सव सम्पन्न - Chaitanya News
  • 2026-05-02
  • 11:46:21
  • शनिबार,बैशाख १९, २०८३
  • चैतन्य पाठशाला तेक्वान्दो डोजाङको प्रथम वार्षिकोत्सव सम्पन्न

    चैतन्य पाठशाला तेक्वान्दो डोजाङको प्रथम वार्षिकोत्सव सम्पन्न

    धनगढी- चैतन्य पाठशालामा अध्यनरत तेक्वान्दो खेलाडीहरूले आफ्नो स्थापनाको पहिलो वर्षगाँठ विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद जोशी, तेक्वान्दोका प्रशिक्षक शेर बहादर सिंह, विद्यालयका सहायक प्रधानाध्यापक कटक बहादुर सिंह, विद्यालयका कोर्डिनेटर रवि साउद, शास्त्र प्रहरी बलका पूर्व तेक्वान्दो प्रशिक्षक मोती लाल लामा, जनहित तेक्वान्दो डोजाङका प्रमुख योगेन्द्र खोलौला, ज्योती तेक्वान्दो डोजाङका प्रमुख पृथ्वी राज घिमिरेको उपस्थिति रहेको थियो। वर्षभरि चैतन्य पाठशाला तेक्वान्दो डोजाङका विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान प्रदान गरेको थियो।

    समानित हुनेमा वेस्ट लिडरसीप पुरस्कार आयुष्मान सिंह, वेस्ट सपिर्टमन्न सागर थापा, वेस्ट डेडिकेटेड प्लेयर पवन नाथ योगी, वेस्ट राइजिङ प्लेयर सुमन चौधरीलाई प्रदान गरियो।