एसइईको नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक आज बस्न सकेन - Chaitanya News
  • 2026-05-02
  • 11:47:32
  • शनिबार,बैशाख १९, २०८३
  • एसइईको नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक आज बस्न सकेन

    एसइईको नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक आज बस्न सकेन

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ।

    परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फका नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने “आज बुधबार एसईईको नतिजा प्रकाशनको सन्दर्भमा बोर्ड बैठक बस्ने भनिएको थियो तर विशेष कारणले बस्न सकेनौँ, सम्भवतः बिहीबार (भोलि) बस्नेछौँ।

    परीक्षा नियन्त्रण श्रेष्ठले बुधबार बिहान नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका थिए।

    एसइईको नतिजा कसरी हेर्न सकिन्छ भनेर परीक्षा नियन्त्रण कार्यालयले सूचनासमेत प्रकाशन गरेको छ।