अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत - Chaitanya News
  • 2026-05-26
  • 04:15:23
  • सोमबार,जेठ ११, २०८३
  • अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत

    अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत

    काठमाडौं- अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ।’

    २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरिएको बताउँदै उनले यो कालखण्डमा आफूहरूले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले भौतिक विकासमा पछाडि परिएको बताए।

    ‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन्। माग धेरै छ, पूरा गरेका कुरा कम छ। यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो,’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ। केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं। समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौं।’

    आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतले बताए। उनले भने, ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं।’