काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ।
लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासोका लागि डेस्कको स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ।
गुनासो सुनुवाइका लागि नि:शुल्क टोल फ्रि मार्फत फोन गर्न सकिनेछ। यसका साथै बैंकको अनलाइन गुनासो पोर्टल वा इमेल मार्फत पनि आफ्नो गुनासो टिपाउन सकिने व्यवस्था रहेको छ।