बागमती प्रदेशमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध पनि हट्ने - Chaitanya News
  • 2026-11-16
  • 12:58:29
  • सोमबार,मंसिर ०१, २०८३
  • बागमती प्रदेशमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध पनि हट्ने

    बागमती प्रदेशमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार, प्रदेशसभाको अवरोध पनि हट्ने

    काठमाडौं– बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ। यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ।

    प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको छ। प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिं लामाले यही प्रतिवद्धता जनाउने छन्।

    सरकारको प्रतिवद्धतापछि प्रदेशसभाको अवरोध हट्ने माओवादी प्रमुख सचेतक रत्न ढकालले जानकारी दिए।