श्री एयरलाइन्सकाे उडान आजबाट नियमित - Chaitanya News
  • 2026-11-16
  • 14:54:20
  • सोमबार,मंसिर ०१, २०८३
  • श्री एयरलाइन्सकाे उडान आजबाट नियमित

    श्री एयरलाइन्सकाे उडान आजबाट नियमित

    काठमाडौं- श्री एयरलाइन्स प्रालिले आजबाट नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको हो ।

    आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो । एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले आजबाट नियमित उडान सुरु भएको जानकारी दिए ।

    शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको थियो ।