कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि हट्दैन : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 12:58:24
  • सोमबार,मंसिर ०१, २०८३
  • कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि हट्दैन : अध्यक्ष ओली

    कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि हट्दैन : अध्यक्ष ओली

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन्।

    आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका छन्।

    कोसी प्रदेशको नामकरणमा मत दिने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ।

    उनले ललितानिवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे।