ललिता निवास प्रकरण: थप ३ जना पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 12:56:59
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरण: थप ३ जना पक्राउ

    ललिता निवास प्रकरण: थप ३ जना पक्राउ

    काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो।

    यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन्।

    सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।