नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा - Chaitanya News
  • 2026-11-16
  • 12:57:34
  • सोमबार,मंसिर ०१, २०८३
  • नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

    नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

    काठमाडौं– नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।

    चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ। अहिले दुईतर्फी नै गाडी चलिरहेका छन्।

    पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको भए पनि जोखिम कायमै रहेकोले सावधानी पूर्वक गाडी चलाउन कार्यालयले अनुरोध गरेको छ।

    दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।