चालु खर्च धान्न ऋण ल्याउने परम्पराको अन्त्य गर्नुपर्छ : प्रदीप पौडेल - Chaitanya News
  • 2026-06-21
  • 02:43:22
  • शनिबार,आषाढ ०६, २०८३
  • चालु खर्च धान्न ऋण ल्याउने परम्पराको अन्त्य गर्नुपर्छ : प्रदीप पौडेल

    चालु खर्च धान्न ऋण ल्याउने परम्पराको अन्त्य गर्नुपर्छ : प्रदीप पौडेल

    काठमाडौं– नेपाली कांग्रेस सांसद् प्रदिप पौडेलले चालु खर्च धान्न ऋण ल्याउने काम भइरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद् पौडेलले अर्थतन्त्रले सन्तुलन गुमाएको भन्दै चालु खर्च धान्न ऋण ल्याउने परम्पराको अन्त्य गर्नुपर्ने बताएका हुन्।

    ‘अर्थतन्त्र संकट ग्रस्त अवस्थामा छ। यो ऋण थपिरहने परम्परालाई अन्त्य गरौं। ऋणका कारण हाम्रो बजेट प्रभावित भएको छ। बेरुजु बढिरहेको छ। उत्पादनको क्षेत्रमा लगानी हुन सकेन। त्यसकारण यो स्थीति आएको हो,पौडेलले भने, ऋण लिएको पैंसा उत्पादनमुलक क्षेत्रमा लगानी गरौं।

    ऋणका कारण बजेट प्रभावित भएको उनको भनाइ छ। वित्तिय अनुशासन कायम हुन नसकेको पौडेलको भनाइ छ। पौडेलले भने,‘ऋण लिने कुरालाई सजिलो उपायका रुपमा लिइएको छ। अनुत्पादक क्षेत्रमा ऋण लिए विश्वसनियता घट्छ।