हुने खाने वर्गलाई कर लगाइएको हो, गरिबलाई करले छुदैन : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-02
  • 21:59:59
  • शनिबार,बैशाख १९, २०८३
  • हुने खाने वर्गलाई कर लगाइएको हो, गरिबलाई करले छुदैन : अर्थमन्त्री महत

    हुने खाने वर्गलाई कर लगाइएको हो, गरिबलाई करले छुदैन : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुने खाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन्। सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने उनको दाबी छ।

    आइतबार प्रतिनिधिसभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक, २०८० मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको दाबी गरे।

    सांसदहरूले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएका थिए।

    मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्था भएबमोजिम आवश्यकता देखेर हवाइ भाडा तथा विलासिता करको व्यवस्था गरेको बताए।

    आजै आर्थिक विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ।