एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित - Chaitanya News
  • 2026-11-16
  • 12:56:54
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    बुटवल– बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।

    अर्थमन्त्री धनबहादुर मास्कीले वैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरे लगत्तै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन्। सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको अडान छ।

    सभामुख तुलाराम घर्तीले भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे। यसअघि असार १० गते बस्ने भनिएको वैठक १३ गते आइतबारको लागि आह्वान गरिएको थियो।