आईसीसी विश्वकप छनोट: यूएईले दियो नेपालाई १८२ रनको लक्ष्य - Chaitanya News
  • 2026-10-04
  • 06:51:55
  • आइतबार,आश्विन १८, २०८३
  • आईसीसी विश्वकप छनोट: यूएईले दियो नेपालाई १८२ रनको लक्ष्य

    आईसीसी विश्वकप छनोट: यूएईले दियो नेपालाई १८२ रनको लक्ष्य

    काठमाडौं– आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ। हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १८१ रन बनाउँदै अल आउट भयो।

    यूएईका लागि भ्रीत्या अर्भिन्दले सर्वाधिक ४४ रन बनाए। त्यस्तै रोहन मुस्ताफाले ३५, बसिद हमिदले २९, अर्यांश शर्माले २८ र सञ्चित शर्माले १२ रन बनाए। बाँकी ब्याट्मेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान तीनरतीन विकेट लिए। त्यस्तै प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए।
    आजको खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।