सेयर बजार ५३.७० अंकले घट्यो १३ वटै उपसमूहको सूचक नकारात्मक - Chaitanya News
  • 2026-05-02
  • 22:00:02
  • शनिबार,बैशाख १९, २०८३
  • सेयर बजार ५३.७० अंकले घट्यो १३ वटै उपसमूहको सूचक नकारात्मक

    सेयर बजार ५३.७० अंकले घट्यो १३ वटै उपसमूहको सूचक नकारात्मक

    काठमाडौं– साताको पहिरो कारोबार दिन आज नेप्से परिसूचक भारी अंकले घटेको छ। नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स १२.२३ अंकले घटेको छ।

    आज २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा खरिदबिक्री भयो।

    ५३ अंकले ओरालो लागेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र सिटी होटलको ९.९८ प्रतिशतले सेयर मूल्य बढ्यो।

    कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको सेयर कारोबार भयो।

    शिवम् सिमेन्टको २७ करोड र साल्टी होटलको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

    माइक्रोफाइनान्सको सूचक ४.७५ प्रतिशतले ओरालो लाग्यो।