बैंकले जनतालाई ऋण नदिएर पीडा दिइराखेको छ : सांसद थापा - Chaitanya News
  • 2026-05-02
  • 22:00:32
  • शनिबार,बैशाख १९, २०८३
  • बैंकले जनतालाई ऋण नदिएर पीडा दिइराखेको छ : सांसद थापा

    बैंकले जनतालाई ऋण नदिएर पीडा दिइराखेको छ : सांसद थापा

    काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बैंकले जनतालाई ऋण नदिएको बताएका छन्।
    आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले बैंकले जनतामा ऋण लगानी नगरेको बताएका हुन्। उनले हरेक पालिकामा एउटा बैंक राखिएको भएपनि ती बैंकले जनतामा ऋण लगानी नगरेको उल्लेख गरे। उनले सडक छेउको जग्गामा बाहेक अन्य जग्गामा ऋण नदिने भन्दै बैंकले जनतालाई पीडा दिइराखेको बताए।

    उनले भने ‘व्यवस्थित गरेर लैजाने प्रक्रिया के हो? राज्यले सोच्न सकेन। हिजो बैंक थिएन त्यही तरिकाले मान्छेले ऋण लिन जानुपर्थ्यो। अहिले त गाउँ, गाउँमा बैंक छन्। हरेक पालिकामा एउटा बैंक राखिएको छ। ती बैंकले जनतालाई ऋण लगानी किन गर्दैन? बैंकले सडकको जग्गा बाहेक अन्त लगानी गर्दैन भनेर जनतालाई पीडा दिइराखेको छ। केही समस्या परेमा बैंकले दिँदैन। राज्य निरीह बनेको छ। अहिले राज्य गरिब छ। व्यक्ति धनी छ। त्यही व्यक्तिले बैंकको काम गरिरहेको छ। राज्यले त्यसलाई कसरी नियन्त्रण गर्ने हो। सम्पती करलाई पनि राज्यले ध्यान दिनुपर्छ।
    उनले बैंकको सामु राज्य निरीह भएको बताए।