तारबार गर्न ललिता निवासको जग्गामा पुग्यो काठमाडौंको नगर प्रहरीको टोली - Chaitanya News
  • 2026-11-18
  • 12:51:14
  • बुधबार,मंसिर ०३, २०८३
  • तारबार गर्न ललिता निवासको जग्गामा पुग्यो काठमाडौंको नगर प्रहरीको टोली

    तारबार गर्न ललिता निवासको जग्गामा पुग्यो काठमाडौंको नगर प्रहरीको टोली

    काठमाडौं– काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ। आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ। बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो।

    अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ। ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ।

    त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ।