छेन्दुदेखि पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन तयार छ : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 12:37:37
  • सोमबार,मंसिर ०१, २०८३
  • छेन्दुदेखि पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन तयार छ : गृहमन्त्री श्रेष्ठ

    छेन्दुदेखि पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन तयार छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको अधिकारकर्मीहरुसँग छेन्दुदेखि पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन तयार रहेको बताएका छन्।

    पाँच दिने चीन भ्रमणबाट फर्किएपछि पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले काठमाडौंको उडानलाई सातै दिन नियमित गर्न र व्यवसायिक उडानको विषयमा छलफल भएका भन्दै यसमा चीन पक्ष सकारात्मक भएको बताएका हुन्।

    उनले भने, ‘त्यस्तैगरी सिचुवान एयरलाइन्ससँग काठमाडौंको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौ र त्यसमा सकारात्मक वचन दिनु भएको छ। त्यसैगरी छेन्दु पोखरा व्यवसायिक उडानको लागि र छेन्दु र भैरवा पनि व्यवसायिक उडानका लागि अगाडी बढ्नु पर्यो भनेर गरेको अनुरोधमा सकारात्मक भएर सोचेको छ।

    गृहमन्त्री श्रेष्ठले २०१७ मा हस्ताक्षर भएको बीआरआई प्रोजेक्टको बारेमा ठोस योजनाबारे छलफल गरेर त्यसलाई टुङ्गो लगिएको भन्दै उनले यसबाट पनि लाभांवित हुन सक्ने आशा लिएको बताए।

    उनले भने, ‘बीआरआईको सन्दर्भमा पनि बीआरआईलाई हामीले २०१७ मा हस्ताक्षर गरेका थियौ। त्यसपछि यसलाई कार्यान्वयन गराउने योजनालाई फाइनल गर्न हामी ले दुई पक्षको बीचमा छलफल र ड्राफ्टहरु आदान प्रदान पनि गरिरहेका छौ। त्यसलाई अन्तिम रुप दिईसकेपछि हामीले बीआरआईको प्रोजेक्टको बारेमा ठोस प्रोजेक्टहरु र मोड्यालिटिको बारेमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउँदै छौँ र बीआरआईबाट पनि हामी लाभांवित हुन सक्ने आशा लिएका छौँ।