चैतन्य पाठशालाद्वारा भित्ते पत्रिकाको अनावरण - Chaitanya News
  • 2026-05-02
  • 11:46:51
  • शनिबार,बैशाख १९, २०८३
  • चैतन्य पाठशालाद्वारा भित्ते पत्रिकाको अनावरण

    चैतन्य पाठशालाद्वारा भित्ते पत्रिकाको अनावरण

    धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले भित्ते पत्रिकाको अनावरण गरेको छ। आज विद्यालयमा आयोजित एक समारोहबीच भित्ते पत्रिकाको अनावरण गरिएको हो।

    भित्ते पत्रिकामा विद्यार्थीहरूका सिर्जना समावेश रहेका छन्। अब प्रत्येक महिना भित्ते पत्रिका प्रकाशन गरिने विद्यालयका प्रिन्सिपल हरि जोशीले बताए।

    ‘अब हामीले विद्यार्थीहरूको साहित्य सृजनशीलतामा विकास गर्न प्रत्येक महिना भित्ते पत्रिका प्रकाशन गर्ने छौं। यसले विद्यार्थीहरूलाई रचनात्मक बनाउने हाम्रो विश्वास छ,’ उनले भने।

    विद्यार्थीमा अन्तर्निहित सिर्जना यसरी प्रस्फुटन हुँदा उनीहरूमा सृजनशीलता बढ्ने उनी बताउँछन्। विद्यालयले प्रयोगात्मक रूपमा शिक्षा प्रदान गर्नुका साथै संस्कारसहितको शिक्षा प्रदान गरिरहेको जोशीको भनाइ छ।

    विद्यालयका प्रिन्सिपल जोशी र सहायक प्रिन्सिपल कटक सिंहले पत्रिकाको लोकार्पण गरेका छन्। विद्यालय भित्र रहेको भाषा, साहित्य तथा रिडर्स क्लबले पत्रिका प्रकाशन गरेको हो।