काठमाडौं- ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङमाथि भएको हातपातविरुद्ध देशभरका अदालतका कर्मचारी आन्दोलित बनेका छन्।
कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेकोविरुद्ध देशभरका अदालतका कर्मचारी आन्दोलित बनेका हुन्।
देशभरका अदालतका कर्मचारीहरूले आइतबार ‘पेन डाउन’ गर्दै तामाङमाथि भएको घटनाविरुद्ध खेद जनाउँदै आन्दोलनमा उत्रिएका छन्। आइतबार दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै पेन डाउनको घोषणा गरेका हुन्।
हरेक अदालतमा दैनिक पेसी तोकिएको भए पनि अदालतका कर्मचारी आन्दोलनमा रहँदा १:३० बजेसम्म मुद्दाको सुनुवाइ, पेसी तारिख लिनेदेखि मुद्दा दर्तालगायत सबै काम स्थगित गरिएको जनाइएको छ।
गत बुधबार अदालतको कार्यालयभित्रै लामिछानेले तामाङमाथि हातपात गरेका थिए। बुधबार अपराह्न साढे ४ बजेतिर लामिछानेले आफैँ अदालतका कागजातहरू पल्टाएर हेर्न थालेकोमा आफूले भिडभाड भएकाले अहिले नहेर्न भनेको तर उनले उल्टै दुव्र्यवहार गरेको निवेदनमा उल्लेख छ।