यी नदीमा आज बाढी आउन सक्ने, सतर्कता अपनाउन अनुरोध - Chaitanya News
  • 2026-11-16
  • 14:41:56
  • सोमबार,मंसिर ०१, २०८३
  • यी नदीमा आज बाढी आउन सक्ने, सतर्कता अपनाउन अनुरोध

    यी नदीमा आज बाढी आउन सक्ने, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं- आज सात जिल्ला र आसपास भएर बहने नदीहरूमा जल सतह बढ्न सक्ने आकलन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

    आज ईलाम, झापा, पाँचथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स(साना नदीहरुमा वहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम छ।

    आज बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।

    यी नदीहरूमा जल सतह सतर्कता तहभन्दा तलै रहे पनि जल सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।