बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका गुरुङसहित तीनजना अस्पताल भर्ना - Chaitanya News
  • 2026-05-03
  • 00:53:42
  • शनिबार,बैशाख १९, २०८३
  • बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका गुरुङसहित तीनजना अस्पताल भर्ना

    बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका गुरुङसहित तीनजना अस्पताल भर्ना

    काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका तीनजनालाई अस्पताल भर्ना गरिएको छ।

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायका अनुसार एक जनाको स्वास्थ्य अवस्थामा सुधार आए पनि दुई जनालाई मेडिकल निगरानी आवश्यक देखिएको छ।

    उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला–बेलामा अक्सिजन दिइरहनुपर्ने एसएसपी आर्चायले जानकारी दिए। तीनजना अस्पताल भर्ना भएपछि अहिले गोपाल कार्की मात्र हिरासतमा छन्।

    ब्यूरोले १२ असारमा ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेको थियो । अदालतबाट स्टे–अर्डर लिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी भने पक्राउ परेकै दिन छुटेका थिए।